देउवा : १५ औं महाधिवेशनमा मेराे नेतृत्व हुँदैन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी १५ औं महाधिवशेनबाट आफु सभापति नहुने वताएका छन् । उनले देशको वर्तमान परिस्थितमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध बनाउँदै राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य आवश्यकता देखाए ।

जेनजी आन्दोलनको दोस्रो दिन कुटपिटमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक गएका हुन् । पत्नी आरजु राणासँगै उनी केन्द्रीय कार्यालय देउवा प्रवेश गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री