आफन्त भन्छन्- ‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट हराएका मान्छेको खोजी होस्

काठमाडाैँ । आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् ।उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरेर बम्जनको आश्रममा वर्षौं बसेकाहरू कहिल्यै घर नफर्केको र खोज्दा पनि नभेटिएकाले कि सास, नभए लास खोजिदिन माग गरेका हुन् ।

मकवानपुरकी एक आनी र एक पुरुष, सर्लाही र नुवाकोटका एक–एक आनी हराएको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता भइसकेको छ। नुवाकोट म्यागङ गाउँपालिका–३, देउरालीकी गंगामाया तामाङ दुई वर्षयता साइँली बहिनी कर्मा भनिने चिनिमाया तामाङलाई खोजिरहेकी छन्।

आश्रममा बस्न आएपछि रामबहादुर बम्जनले चिनीमायालाई चुन्मो नाम दिएका थिए । नाम फेरिएकी यिनै चुन्मो ६ वर्षयता हराइरहेकी छन् । उनी कहाँ छिन् ? कहाँ गइन्? ज्युँदै छिन् कि छैनन् भन्ने प्रश्नको उत्तर न उनले बम्जनबाट पाएकी छिन् न आश्रममा रहेकाहरूबाटै। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

२०६८ सालदेखि बम्जनको आश्रममा लागेकी उनकी बहिनी २०६९ मा एकचोटि घर आएकी थिइन् । केही दिन बसेर आश्रममै फर्किइन् । त्यसपछि आएकी छैनन् । न फोन र अन्य माध्यबाट सम्पर्क नै गरिन् । बहिनी हराएपछि गंगामाया उनलाई खोज्न सबैतिर चहारिन्।

‘बम्जनको सिन्धुलीस्थित आश्रममा पुगें तर गुरुका चेलाहरूले छैन भने, पोहोर ललितपुरको बुङमतीमा भएको कार्यक्रममा गुरु आउने थाहा पाएर गएँ । त्यहाँ पनि बहिनीबारे केही खबर पाइनँ ।’ बुङमतीमा भेटिएका बम्जनका चेलाहरूले चुन्मोलाई सीआईडीको आशंकामा आश्रमबाट निकालिएको सुनाएको गंगामायाले बताइन् ।

बम्जनलाई गुरु मानेर घर छोडेकी बहिनी आश्रमबाट नफर्केपछि मनमा चिसो पसेको उनले बतँइन् । उनले आफ्नो शंका सुनाइन्, ‘बम्जनलाई नराम्रो सोचेको हैन तर उनको आश्रममा बस्दाबस्दैकी बहिनी बेपत्ता भएपछि शंका लागेको हो ।’ गंगाले बहिनीजस्तै अरू थुप्रै आनी बम्जनको आश्रमबाट हराएको खबर सुनेपछि चिन्ता झनै बढेको बताइन् । उनले भनिन्, ‘मरेको भए लास पाऊँ जिउँदो भए सास।’

त्यसो त बम्जनको चेला बनेर वर्षौं उनकै आश्रममा बिताएका अन्य चेली पनि सम्पर्कमा छैनन् । ती सबैको परिवारको चिन्ता गंगामायाकै जस्तो छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ का वीरबहादुर रुम्बा तीन वर्षयता हराएकी छोरी फूलमायाको खोजीमा छन् ।

२०६४ मा अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघमा लागेकी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका रामबहादुर बम्जनबाट प्रभावित भइन् । त्यसपछि आनी बनेर उनकै पछि लागिन् । बम्जनले उनको नाम फेरिदिए र उनी डोल्मो भइन् ।

वीरबहादुरले २०७१ माघको कुरा सम्झिए । त्यो दिन डोल्मोले उनलाई फोनमा भनेकी थिइन्, ‘मलाई भोलि बिहानै भेट्न आऊ, नत्र भेट्नै नपाउला ।’ किन छोरीले त्यसरी भेट्न बोलँएकी थिइन् वीरबहादुरले बुझेनन् । उनले भने, ‘म किसान मान्छे । छोरीले किन भोलि नै भेट्न बोलाई । थाहै भएन । गुरुको आश्रममा बसेकी छोरीलाई के नै पो पीर होला र भनेर मन बुझाएँ।’

यसरी फोन गरेको केही महिनापछि २०७२ वैशाखमा भूकम्प आयो । वीरबहादुरको मन आत्तियो । भूकम्पले सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति पु¥यायो । मेरी छोरी पनि त्यतै बस्छे ।

केही पो भयो कि? मनभरि शंका पालेर वीरबहादुर सिन्धुपाल्चोकस्थित आश्रम पुगे । उनले बम्जनलाई भेट्न पाएनन् । सहयोगीले डोल्मो त्यहाँ नरहेको र केही महिनाअघि नै हिँडेको बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस