गायक राजेश पायल राईको अनपेक्षित माग- सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मा दिन आग्रह

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित अनुहार राजेश पायल राईले अनपेक्षित रूपमा दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेकै बेला गायक राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयको बागडोर सम्हाल्ने इच्छा व्यक्त गरेका हुन् ।

बिहीबार राति अबेर फेसबुकमा एक पोस्ट गर्दै राईले #GEN_Z लाई सम्बोधन गर्दै लेखेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन किनकि म सञ्चार र पर्यटन प्रोत्साहन गर्न सक्छु ।

उनले आफ्नो दाबीलाई अझ बलियो बनाउँदै भनेका छन्, ‘यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउनु मेरो PASPORT र तिम्रो Pasport Check गरू यो मेरो दाबा हो, मलाई थाहा छ पर्यटन र संगीतको विकास ! ओट गर्ने हो भने असम्भव कहिँ छैन #genz #GenZVoices।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री