काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले युवा पुस्तालाई देशको भविष्य निर्माणमा जिम्मेवार बन्न आग्रह गर्दै, अब थप क्षति नहोस् भन्ने चाहना व्यक्त गरेका हुन् ।
मेयर शाहले आफ्नो अपिलमा भनेका छन्, ‘प्लिज, जेन-जी, देश तपाईहरूकै हातमा हो । तपाईहरूले नै बनाउने हो ।’ हाल भइरहेका प्रदर्शनहरूले निम्त्याउन सक्ने थप क्षतिका प्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘अब जति क्षति हुन्छ, तपाई हाम्रो हुने हो । अब घर फर्कनुस् ।’
तपाईंको प्रतिकृया




