काठमाडौँ । जेन-जी पुस्ताको नाममा भइरहेको आन्दोलनले केही स्थानमा अराजक रूप लिएको छ । यसै क्रममा आन्दोलनकारीको एक समूहले काठमाडौँको डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निजी निवासमा आगजनी गरेको छ ।
निवासमा आगजनी हुँदा खनालकी पत्नी राज्यलक्ष्मी चित्रकार घरभित्रै रहेको र आगोले जलेर गम्भीर घाइते भएकी छिन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था अत्यन्तै नाजुक रहेको छ । शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र फोक्सोमा समेत गहिरो असर परेको चिकित्सकहरूले बताएका छन् ।
तपाईंको प्रतिकृया




