सरकारबाट बाहिरिन तीव्र दबाबपछि छलफलमा कांग्रेसका मन्त्रीहरू, राजीनामा दिनसक्ने

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरू अहिले मन्त्री निवास भैंसेपाटीमा गहन छलफलमा जुटेका छन् । पार्टीभित्रैबाट केपी शर्मा ओली नेतृत्वको सरकार छाड्न सभापति शेरबहादुर देउवामाथि चर्को दबाब परिरहेका बेला मन्त्रीहरू सामूहिक छलफलमा बसेका हुन् ।

पार्टीका प्रभावशाली नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान सरकारबाट बाहिरिन सभापति देउवालाई निरन्तर दबाब दिइरहेका छन् । यही राजनीतिक ध्रुवीकरणका बीच मन्त्रीहरूको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

छलफल चलिरहँदा कृषि मन्त्री रामनाथ अधिकारीले सोही बैठकबाट इमेलमार्फत आफ्नो राजीनामा घोषणा गरिसकेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने, ‘हामी सामूहिक छलफलमा छौं, केही महत्वपूर्ण निर्णय लिन्छौं ।’

यद्यपि, सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने पार्टीले आज कुनै औपचारिक बैठक नराखेको र मन्त्रीहरूको सामूहिक राजीनामाको विषयमा कुनै कुरा नआएको जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री