लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य स्थिर

काठमाडौं । केहि दिनदेखि नयाँ रेकर्ड बनाईरहेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो ।

आज सुन तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहिबार पनि सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । ८ हजार २४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १२६ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री