बालबालिकाको मानसिक स्वास्थ्य सेवा अब सरकारको पूर्ण जिम्मामा

काठमाडौं । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो बनाउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच महत्त्वपूर्ण समझदारी भएको छ ।

यस सम्झौताअनुसार कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा रहेका विशेष मनोचिकित्सा इकाइहरू अब सरकारी व्यवस्थापनमा हस्तान्तरण हुनेछन् ।

सन् २०१५ को भूकम्पपछि बालबालिकामा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न सिविन नेपालको सहयोगमा यी सेवाहरू सुरु गरिएका थिए ।

विगत नौ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका यी सेवाहरू अब सरकारले पूर्ण स्वामित्वमा लिने प्रक्रिया अगाडि बढेको हो। यसबाट बालबालिकाको मानसिक स्वास्थ्य सेवा थप प्रभावकारी र सबैको पहुँचमा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप