ओमस्टोन होटेल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटल

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड) ले साधारण शेयर (आईपीओ) निष्काशनको तयारी थालेको छ। यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

सो सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडका प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए। कार्यक्रममा प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिति विशेष रहेको थियो। सम्झौता अनुसार सिटिजन्स क्यापिटलले कम्पनीको प्राथमिक शेयर सार्वजनिक निष्काशन प्रक्रियामा सम्पूर्ण व्यवस्थापन गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री