काठमाडौं । दशैंको माहोललाई विशेष बनाउन सामसङ नेपालले नयाँ योजना “ दशैंको मुड, सबै गुड” सार्वजनिक गरेको छ। विश्वकै अग्रणी कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले भदौ २५ देखि असोज २४ (सेप्टेम्बर १०–अक्टोबर १०, २०२५) सम्म लागू हुने यो अफरमार्फत नेपालभरका ग्राहकलाई टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र उपहार प्रदान गर्ने घोषणा गरेको हो।
अफर अनुसार, सामसङका Neo QLED, QLED, FHD र HD टिभीमा ३५% सम्म इन्स्टन्ट क्यासब्याक पाउन सकिनेछ। साथै, ७५” र ८५” QLED मोडेल किन्दा साउन्डबार उपहारमा दिइनेछ। T, A, B, C, D र F सिरिजका योग्य टिभीमा तीन वर्षको फुल वारन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन सुविधा पनि उपलब्ध हुनेछ।
रेफ्रिजरेटरतर्फ सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड मोडेलमा १९% सम्म क्यासब्याक पाउन सकिन्छ। छानिएका ७०० लिटर साइड–बाइ–साइड रेफ्रिजरेटरमा माइक्रोवेभ ओभन उपहार दिइने घोषणा गरिएको छ।
यस्तै, सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४% सम्म क्यासब्याकको व्यवस्था गरिएको छ। खरिदसँगै योग्य मोडेलअनुसार सर्फ एक्सेल म्याटिक डिटरजेण्ट पनि उपहारमा दिइनेछ। रेफ्रिजरेटर र वाशिङ मेसिनमा DIT मा २० वर्षको वारन्टी र निःशुल्क इन्स्टलेसनको सुविधा रहनेछ।
ग्राहकलाई सजिलो बनाउन सामसङ इन्स्टा फाइनान्समार्फत ०% ब्याजदरमा ईएमआई सुविधा समेत उपलब्ध छ। पुराना अप्लायन्स एक्सचेन्ज गरेर थप मूल्य फाइदा लिन सकिने सुविधा पनि सामसङले दिएको छ।
यस अफरमार्फत दशैंमा नयाँ प्रविधिसहितको गृहसामग्री खरिद गर्ने उपभोक्ताले छुट, उपहार र फाइनान्सको सहज सुविधा एकैसाथ पाउनेछन्।



