प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि पनि देशबाहिर रहँदा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिने गरेका थिए ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन जानुभएका प्रधानमन्त्री ओली यही भदौ १८ गते बुधबार स्वदेश फर्किनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री