सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न बन्दमूखी योजनाले लाभांश वितरण गर्ने निर्णय गरेका छन्। यी योजनाहरुले २०८१/८२ को आर्थिक वर्षको मूनाफाबाट इकाईधनीलाई लाभांश प्रदान गर्ने भएका हुन्।

सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को प्रतिफल वितरण गर्ने तयारी भइरहेको छ। सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत लाभांश वितरण गर्ने भनेका छन्।

त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत प्रतिफल लाभांश वितरण गर्ने भएको छ। इकाईधनीका लागि बुक क्लोजको सूचना पछि थप जानकारी सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री