विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा-नसिंह गाउँपालिकामा शनिबार बिहान भएको एक दर्दनाक सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने २३ जना गम्भीर घाइते भएका छन् ।
भोक्राहा-नसिंह–३ स्थित जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । तीव्र गतिमा रहेका दुई सवारीसाधन ठोक्किँदा माइक्रोबसमा बढी क्षति पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक तीन जना पुरुषको पहिचान खुलेको छ भने एक महिलाको सनाखत हुन बाँकी छ ।
मृत्यु हुनेहरूमा सप्तरीको मधावे गाउँपालिका–६ का करिब ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादव रहेका छन् ।
घाइतेहरूको विराटनगर र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घाइतेहरूको विवरण
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
-
अम्बिका राई (मोरङ, सुन्दरहरैँचा–९)
-
निरुता परियार (खोटाङ, रावावेसि–२)
-
निर्मल परियार, ३८ वर्षीय (खोटाङ, रावावेसि–२)
-
रबिन्द्र प्रसाद मण्डल (सप्तरी, मन्धेव–६)
-
रेनुका श्रेष्ठ, ५० वर्षीया (उदयपुर, चौदण्डिगढी–५)
-
खगेन्द्र थापा, ३८ वर्षीय (झापा, शिबसताक्षी–५)
-
सन्तोष खत्री, ५३ वर्षीय (झापा, भद्रपुर–९)
-
दिपक बिक, २० वर्षीय (उदयपुर, बेलस्रोत–१)
-
सविन राई, ३६ वर्षीय (ईलाम, चुलाचुली–३)
-
रविन्द्र मेहता (सप्तरी)
-
जिवछ महात्मा, ६८ वर्षीय (सप्तरी)
-
नेत्रलाल गिरी, ८४ वर्षीय (खोटाङ, हलेसी तुवाचुङ–१०)
-
केदार गिरी, ३९ वर्षीय (नेत्रलालका छोरा)
-
सत्य राई (झापा, अर्जुनधारा–१)
-
रुद्र राय, १० वर्षीय (सप्तरी, राजविराज–६)
-
सोभा यादव, ४८ वर्षीया (मोरङ, विराटनगर–१०)
-
प्रमोद रजक, ४४ वर्षीय (सप्तरी, राजविराज–१२)
-
रवि राय, २२ वर्षीय (सप्तरी, तिलाठी–५)
-
भोला यादव, २४ वर्षीय (सप्तरी, राजविराज–२)
-
प्रदिप यादव, ३५ वर्षीय (सप्तरी, राजबिराज)
-
जोगिन्द्र दास, ६० वर्षीय (सुनसरी, कोशी–६)
-
अमृता राय, ३० वर्षीया (सप्तरी, डाक्नेश्वरी–३)
-
सन्तोष बास्तोला, २१ वर्षीय (सप्तरी, राजविराज–४)




