सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य हृदयराम थानीको मातृशोकमा सुर्खेत पुगेर गहिरो समवेदना व्यक्त गरेका छन् ।
उपसभापति खड्काले वीरेन्द्रनगरस्थित उत्तरगंगा घाटमा स्वर्गीय देवी थानीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पिपलपानी सिञ्चन गरे । उनले पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट स्वर्गीय थानीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानी एवं नेपाल निजामती कर्मचारी युनियनका पूर्वअध्यक्ष भवानीप्रसाद थानीकी आमा देवी थानीको यही साउन ११ गते निधन भएको थियो । उपसभापति खड्का उनकै १३औँ दिनको पुण्यतिथिमा सहभागी भई श्रद्धाञ्जली अर्पण गर्न गृह जिल्ला सुर्खेत पुगेका हुन् ।




