काठमाडौं । सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ, जसको उद्देश्य ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रविधिको नयाँ अनुभव दिनु र सेवा पहुँचलाई अझ सहज र सरल बनाउनु हो।
यस सेवाअन्तर्गत, ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन्।
यो सेवा विशेष गरी दुर्गम स्थानका शाखामा सिमित एटीएम पहुँच भएका ग्राहकहरूको लागि उपयोगी हुनेछ, जसले आपतकालीन अवस्थामा सहज रूपमा रकम झिक्न सक्नेछन्। साथै, अनलाइन शुल्क र एफवाइसी सटही भुक्तानीजस्ता अन्य सेवा शुल्कका लागि पनि यो सेवा उपयोगी साबित हुनेछ।
तपाईंको प्रतिकृया



