टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

काठमाडौं । टिकटकले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा यसको एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहने गरी आधिकारिक साझेदारीको घोषणा गरेको छ।

यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ।

यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका सशक्त कथा, तयारीका क्षण र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री