काठमाडौंस्थित फ्रन्टलाइन हस्पिटल र प्रभु बैंकबीच सम्झौता, ग्राहक र कर्मचारीले स्वास्थ्य सेवामा विशेष छुट पाउने

काठमाडौं । आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच एक महत्वपूर्ण सम्झौता भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अस्पतालको सेवामा छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, प्रभु बैंकका सम्पूर्ण ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारजनले फ्रन्टलाईन हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा १० प्रतिशत छुट पाउनेछन् । यो सुविधा अस्पतालको अन्तरङ्ग तथा बहिरङ्ग दुवै सेवामा लागू हुनेछ । प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग वा अन्य कुनै विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी यो छुट सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त रूपमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बोल्दै हस्पिटलका क्लिनिकल अध्यक्ष न्यौपानेले प्रभु बैंकजस्तो प्रतिष्ठित वित्तीय संस्थासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले यस सम्झौताले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवामा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी, प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्रेष्ठले बैंक आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाका अतिरिक्त अन्य विभिन्न सुविधाहरू प्रदान गर्न सधैं तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकहरूको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै गरिएको यो सहकार्यले हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ ।” प्रभु बैंकले आफ्ना लाखौं ग्राहक तथा कर्मचारीहरूलाई लाभ पुग्ने विश्वासका साथ आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप