काठमाडौं । इनफिनिक्स नेपालले नयाँ स्मार्टफोन इनफिनिक्स हट ६०आई नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ‘बबाल फोन’ नाम दिँदै बजारमा ल्याएको हो । यो अहिले सबैको आकर्षणको केन्द्र बनेको कम्पनीको दाबी छ । सुरुआती मूल्य १४ हजार ९९९ रुपैयाँमा स्टाइल, दमदार फिचर र धमाकेदार अफरसहित हट ६०आई आएको कम्पनीको दाबी छ ।
हट ६०आईमा ४५ वाटको फास्ट चार्ज र ५१६० एमएएच क्षमताको पाँच वर्षसम्म टिक्ने ब्याट्री जडान गरिएको छ ।
यसमा हेलियो जी८१ अल्टिमेट चिपसेट प्रयोग गरिएको छ । वान–ट्याप इनफिनिक्स एआईले एकै ट्यापमा स्मार्ट काम गर्ने डिजिटल सहायकको सुविधा दिन्छ ।
हट ६०आईमा स्टाइलिस ट्रिपल क्यामेरा सेटअप राखिएको छ । फोनको ७.७ एमएम स्लिम बडी र कलर–पप लुक्सले यसलाई अझ स्टाइलिश बनाएको छ ।
६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य १५ हजार ९९९ रुपैयाँ र ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
हट ६०आई विशेष गरी जेन–जेड पुस्ताका गेम खेल्ने, पढाइसँगै क्रिएटिभ काम गर्ने, फेसन र ट्रेन्डमा रमाउने र आफ्नै स्टाइलमा फरक देखिन चाहनेहरूको लागि डिजाइन गरिएको छ ।
यसमा १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपटक निःशुल्क स्क्रिन चेन्ज (पानी क्षतिबाहेक) पाउने व्यवस्था गरिएको छ ।



