अनर एक्स६सी नेपालमा सार्वजनिक, सुरुवाती अफरमा ४ हजारको इयरबड्स निःशुल्क

काठमाडौं । ग्लोबल स्मार्टफोन ब्रान्ड अनरले नयाँ बजेट स्मार्टफोन अनर एक्स६सी नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, स्मार्ट AI फिचर, सशक्त प्रदर्शन र किफायती मूल्यमा आएको यो स्मार्टफोन नेपाली युवालाई लक्षित गर्दै प्रस्तुत गरिएको हो।

फोनमा AI Action Button, १.५ मिटर ड्रप रेसिस्टेन्स, र IP64 Water-Dust Protection जस्ता सुरक्षात्मक विशेषताहरू समावेश छन्। मजबुत बनावट र एआई क्षमतायुक्त यस फोनले दैनिक जीवनमा स्मार्ट प्रयोगको नयाँ अनुभव दिने कम्पनीको दाबी छ।

लन्च अफरसँगै अनर एक्स६सी खरिद गर्ने ग्राहकलाई रु ४,००० बराबरको अनर X7e Active Earbuds निःशुल्क प्रदान गरिनेछ। यो अफर २०८२ साउन १५ (जुलाई ३१, २०२५) सम्म सीमित समयका लागि मात्र लागु हुनेछ।

यो फोन देशभर रहेका आधिकारिक डिलर तथा अनर आउटलेटहरूबाट उपलब्ध हुनेछ। स्टाइल, सुरक्षा, र स्मार्ट प्रविधिको सन्तुलित संयोजनले यो फोन बजेट सेग्मेन्टका ग्राहकहरूबीच लोकप्रिय हुने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप