काठमाडाैँ । क्यान्सरलाई नेपालीमा अर्बुदरोग भनिन्छ। शरीर वृद्धि विकासका क्रममा कोषिकाहरु वढेर एक ठाउँबाट अर्को ठाउँमा सर्नु नै क्यान्सर हो। क्यान्सर आफैँमा ठूलो रोग होइन, तर समयमै उपचार भएन भने ज्यानै जाने रोग हो।
विश्वभरी अहिले क्यान्सर प्रकोपको रुपमा फैलिएको छ। नेपालमा क्यान्सर पीडितको यकिन तथ्यांक छैन, तर केही मुख्य अस्पतालहरुमा पछिल्लो वर्ष संकलन गरिएको आँकडाअनुसार सबैभन्दा वढी फोक्सोको क्यान्सर भएको पाइएको छ। त्यस्तै दोश्रोमा पाठेघरको मुखको क्यान्सर छ। क्यान्सरको उपचार पद्धती महंगो छ।
क्यान्सर कसरी हुन्छ?
क्यान्सर यही कारणले हुन्छ भन्ने खास कारण छैन। तर अस्वस्थकर जीवनशैली, खानपान, वंशानुगत गुण, वाह्य वातावरण, मध्यपान र निकोटिनका कारणले समेत क्यान्सर हुने गर्छ।
केही प्रतिशत मानिसमा धुलो धुँवा र प्रदूषणको कारण क्यान्सर हुने भए पनि करिब ८० प्रतिशतमा भने निकोटिन र अल्कोहलका कारण क्यान्सर हुने गर्छ।
सवारीसाधनबाट निस्कने कार्बनमोनोअक्साइडका कारणले पनि क्यान्सर हुन सक्छ।
व्यायामको कमी र मोटोपनाको कारण पनि क्यान्सर हुन्छ।
दैनिक जीवनशैलीमा सामान्य मात्र हेरविचार गर्न सके क्यान्सर हुनबाट करिब ३० प्रतिशत बच्न सकिन्छ।
धुमपान र मध्यपान नगर्ने। सकभर जंकफुड नखाने। नियमित व्यायाम गर्ने, मोटोपन नियन्त्रण गर्ने, नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने हो भने क्यान्सरबाट बच्न सकिन्छ।
प्रतिकृया दिनुहॊस