काठमाडौं । टोटल एनर्जी लुब्रिकेन्ट्सका लागि नेपालमा आधिकारिक वितरक लक्ष्मी ल्युब आयल निजी लिमिटेडले दुईवटा निःशुल्क सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।
बुटवल र भैरहवामा निःशुल्क सेवा शिविर सञ्चालन गरेको थियो । चारपांग्रे सवारीसाधनका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजित शिविरमा ७० भन्दा बढी गाडीहरूले सहभागिता जनाए ।
त्यसैगरी, दुईपांग्रे सवारीका लागि भैरहवाको धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्मामा असार १९ र २० गते आयोजित शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भए ।
शिविरमा सहभागी सवारीसाधनहरूलाई निःशुल्क सेवा, इन्जिन जाँच तथा लुब्रिकेन्टसम्बन्धी परामर्श प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी भएका ग्राहक र मिस्त्रीहरूलाई विभिन्न उपहार सामग्रीहरू पनि वितरण गरिएको थियो । यस किसिमका सेवामूलक कार्यक्रमहरूबाट टोटल एनर्जीले स्थानीय बजारमा आफ्नो पहिचानलाई थप बलियो बनाएको आयोजकले जनाएको छ ।
लक्ष्मी ल्युब आयलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै साझेदार कार्यशाला तथा सहभागीहरूप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



