रविलाई गृहमन्त्रीको प्रश्न- भिजिट भिसामा अमेरिका गएर नागरिकता लिन मिल्छ ?

काठमाडौं । संसदीय छानबिन समितिको मागलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच तनाव बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अमेरिकी यात्रा र भिसाको विषयलाई लिएर संसदमा गम्भीर प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लामिछाने अमेरिका भिजिट भिसामा गएको हो वा होइन भन्दै प्रष्ट पार्न रास्वपालाई चुनौती दिएका हुन् ।

संसद्मा आक्रामक रूपमा प्रस्तुत भएका लेखकले लामिछानेको विगत कोट्याउँदै प्रश्नहरूको वर्षा गरे । ‘माननीय रवि लामिछाने जी, जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थ्यो, उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन ?’ लेखकले सोधे, ‘होइन भने के भिसामा जानुभएको हो, त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

आफ्नो प्रश्नलाई अझ पेचिलो बनाउँदै उनले भिजिट भिसाको सम्भावित दुरुपयोग र नैतिकताको सवाललाई जोडे । ‘अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’ गृहमन्त्री उनले थपे, ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री