टोखामा माइक्रोले ठक्कर दिँदा पठाओ चालक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा ईभी गाडीले ठक्कर दिँदा एक पठाओ चालक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका– ६ ग्राण्डी सडक खण्डमा मंगलबार दिउँसो बा.प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन् । उनको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ । दुर्घटनामा गम्भीर घाइते योञ्जनको उपचारका क्रममा ग्राण्डी अस्पताल टोखामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तर, मृतकका बुवा राजकुमार योञ्जनले भने घटना शंकास्पद देखिएको बताएका छन् । आफ्नै लेनमा रहेको स्कुटरलाई अगाडिबाट आएको माइक्रोले ठक्कर दिँदा छोराको मृत्यु भएको उनले बताए । घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन् । मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका सोनामले एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री