एमएस्सी इन्जिनियरिङमा हिलसाइड उत्कृष्ट, नयाँ कोर्ष र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा अग्रसर

काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङले एमएस्सी इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता, पूर्वाधार र फ्याकल्टी व्यवस्थापनका हिसाबले उत्कृष्टता हासिल गर्दै शैक्षिक सत्र २०८२ मा नयाँ कोर्षहरूको साथ थप विस्तार भएको छ ।

सन् २०१२ देखि बिइ सिभिल र इलेक्ट्रीकल कार्यक्रम संचालन गर्दै आएको हिलसाइडले सन् २०२३ मा एमएस्सी इन कन्ष्ट्रक्सन म्यानेजमेन्ट र एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ सुरू गरेको थियो । हाल कलेजले कम्प्युटर इन्जिनियरिङ र ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी कार्यक्रम पनि संचालनमा ल्याएको छ, जसलाई पूर्वान्चल विश्वविद्यालयले सम्बन्धन प्रदान गरिसकेको छ ।

कलेजको ओरियन्टेसन कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा. डा. पद्मबहादुर शाहीले हिलसाइडले आवश्यक मापदण्ड र गुणस्तर पुरा गरेकाले स्थायी अनुमति दिएको जनाउँदै फ्याकल्टीको उत्कृष्ट व्यवस्थापनप्रति प्रशंसा जनाए । पूर्वान्चल विश्वविद्यालयका डेपुटी कन्ट्रोलर मेनुका श्रेष्ठले पनि समयमै परीक्षा, नतिजा र प्रमाणपत्र उपलब्ध गराउन संस्थाले कटिबद्धता जनाएको बताए ।

कार्यक्रममा पूर्व सचिव दिनेश घिमिरे, मणीराम गेलाल, रबिन्द्र श्रेष्ठ तथा नाष्टका पूर्व उपकुलपति डा. सुनिल बाबु श्रेष्ठसहित विज्ञहरु फ्याकल्टीको भूमिकामा सहभागी थिए । उनीहरुले इनर्जी, निर्माण र प्रविधि क्षेत्रमा योग्य जनशक्ति उत्पादन गर्न हिलसाइडको भूमिकालाई सकारात्मक उल्लेख गरे ।

कलेजका एमडी गोपीकृष्ण न्यौपानेले विदेशमा महँगो शुल्क तिरेर अध्ययन गर्नुभन्दा देशमै गुणस्तरीय अध्ययन गर्न हिलसाइड तयार रहेको बताए । उनले बैंकसँगको सहकार्यमा लोन सुविधा पनि ल्याइएको जानकारी गराए । साथै, काठमाडौं उपत्यका विकास प्राधिकरणका सहसचिव ई. नवराज गेलालले आगामी स्मार्ट सिटी परियोजनामा विद्यार्थीलाई जोड्ने अवसर खुला हुने जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री