काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ । सीमित अवधिका लागि उपलब्ध यो योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय सवारी खरिद वा पुरानो सवारी अपग्रेड गर्दा पाँचवटा विशेष लाभ प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तर्गत ग्राहकहरूलाई आकर्षक नगद छुट, ७ किलोवाट र ३.५ किलोवाट क्षमताका चार्जरहरू, अटो प्लस बीमा, चालु आर्थिक वर्षको निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिज जस्ता सुविधा उपलब्ध हुनेछन् । कम्पनीले यो योजनालाई ‘फाइभ स्टार अफर’ शीर्षक दिनुका पछाडि ग्राहकहरूको खरिद अनुभवलाई मूल्यवान, सहज र लाभदायक बनाउने लक्ष्य रहेको स्पष्ट पारेको छ ।
हाल देशभर विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको छ । यही सन्दर्भमा नामीले प्रस्तुत गरेको यो अफरले बजारमा थप गति ल्याउने अपेक्षा गरिएको छ । नामीका विद्युतीय सवारीहरू सुपथ मूल्यमा उत्कृष्ट ड्राइभिङ रेञ्ज, स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनका कारण धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएका छन् ।
कम्पनीका अनुसार, नेपालभरका सबै नामी शोरूमहरूमा यो अफर उपलब्ध हुनेछ । ग्राहकहरूले आफ्नो सवारी अपग्रेड गर्न चाहने वा नयाँ इभी खरिद गर्न चाहने अवस्थामा छिटोभन्दा छिटो नजिकको शोरूममा सम्पर्क गर्न आह्वान गरिएको छ ।
नामीको यो नयाँ योजना विद्युतीय सवारी अपनाउने सोच भएका सहरिया उपभोक्ताका लागि विशेष अवसर सावित हुन सक्ने देखिएको छ ।



