बुटवल । रुपन्देही नवलपसी र दाङ्गमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनमा भारतीय नागरिकसहित ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । काँकडभिटाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस नवलपरासीको ४० किलोमिटर भन्ने ठाउँमा दुर्घटना हुँदा भारतको महाराजगञ्ज गुलरिया ग्रामका ३५ बवर्षीया गोरी शंकर धोवीको मृत्यु भएको छ ।
घटना अन्य १० जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेहरुको बुटवल र नवलरासीको चोरमारा उपचार भइरहेको छ । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको बाँसगढीमा लु ४० प ४९०८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका सैनामैना ११ का २८ वर्षीय सञ्जय कुमार थारुको क्रिमसन अस्पताल मणिग्राममा उपचारक क्रममा मृत्यु भएको पश्चिीम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थानका ३१ वर्षीय भिक्खु थारुको मर्सिसीटी अस्पताल बुटललमा उपचार भइरहेको छ । यस्तै दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर घोराही उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।




