ज्योति विकास बैंक लिमिटेड र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटीबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटी बीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल  कुमार शर्मा र सिद्घार्थ बिजनेस गु्रपका तर्फबाट  कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले  सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटी अन्तर्गत देशका विभिन्न स्थानमा गरी  हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् ।

ती संचालनमा रहेका होटल तथा रेस्टुरेन्टबाट बैंकका कर्मचारी लगायत सम्पुर्ण ग्राहकवर्गहरुले विभिन्न सेवा तथा सुविधाहरुमा विषेश छुट पाउने छन् ।

बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइटेन्टी कार्ड  देखाइ यी विविध सुविधाको लाभ लिन सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नौ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचक सकारात्मक देखिएका …

प्रतिकृया दिनुहॊस