रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३–१ ले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो ।

जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय टोली अल आइन फुटबल क्लबसँग उपाधि भिडन्त गर्नेछ ।

आबुधाबीको अल आइनले आयोजक देशको लिग च्याम्पियनको हैसियतले क्लब विश्वकप खेल्ने अवसर पाएको हो । सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको रिभर प्लेट फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै अल आईनले फाइनलमा ठाउँ बनाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो ।

प्रतिकृया दिनुहॊस