टोटनह्यामसँग हार्‍याे आर्सनल, बर्नमाउथलाई हराउँदै चेल्सी सेमिफाइनलमा

कठमाडाैँ । इंग्लिस फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा चेल्सी र टोटनह्याम तथा म्यानचेस्टर सिटी र र्बुटोन अल्बियोनबीच प्रतिस्पर्धा हुनेछ । बुधबार राति भएको खेलमा चेल्सीले बर्नमाउथलाई हरायो भने आर्सनल टोटनह्यामसँग स्तब्ध बन्यो ।

रोमाञ्चक बनेको खेलमा आर्सनल टोटनह्यामसँग दुई शून्यले स्तब्ध बन्यो । खेलको २० औं मिनेटमा कोरीयन खेलाडी सङ हिउङ मिङले टोटनह्यामका लागि पहिलो गोल गरे । जुन गोलका कारण उसले पहिलो हाफमा एक  गोलको अग्रता बनायो ।

त्यसपछि ५९ औं मिनेटमा डेली एलीले टिमको अग्रता दुई शून्यमा पुर्‍याए । त्यसपछि आर्सनलले पाएका मौकाको सदुपयोग गर्न सकेन र टोटनह्यामले सेमिफाइनलमा स्थान बनायो । उसले सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ ।

बुधबार राति नै भएको खेलमा चेल्सीले बर्नमाउथलाई एक शून्यले हराउदै अन्तिम चारमा स्थान बनायो । चेल्सीको जितमा एकमात्र गोल इडेन हाजार्डले गरे । जसक कारण उसले सेमिफाइनलमा स्थान पक्का गर्‍याे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस