लाभांश पाउने भएपछि सांग्रिलाका लगानीकर्ता खुसी, सेयर मूल्य ५ प्रतिशतले बढ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ ।

बोनस घोषणा लगत्तै कम्पनीको सेयर मूल्य बढ्नुले लगानीकर्ताहरु खुसी भएको भन्ने बुझिन्छ । त्यस्तै, बुधबारको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १४५ रुपैयाँसम्म पुगेको छ । मंगलबार प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य बुधबार २ बजेसम्म ५ प्रतिशतले बढेर प्रतिकित्ताँ १४४ रुपैयाँसम्म पुगेको छ । बजारमा उक्त डेभलपमेन्ट बैंकको सेयर बच्नेको भन्दा किन्नेको बढी चाप देखिएको छ ।

बैंकले बुधबार सूचना जारी गर्दै सेयरधनीलाई ४ प्रतिशत बोनस र ५.३० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । डेभलपमेन्ट बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति

तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस