नव नियुक्त ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ

काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्रीको रिक्त पदमा गर्बुजालाई नियुक्त गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री