काठमाडौं । राजतन्त्र पुनःस्थापनाका पक्षमा भइरहेका आन्दोलनका अगुवा दुर्गा प्रसाईँ झापाको भद्रपुरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रसाईँलाई उनका सुरक्षागार्ड दीपक खड्कासहित नियन्त्रणमा लिएको जनाएको हो ।
तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थि ए। भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रबार नेपाल-भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।
प्रसाईँलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै बुद्ध एयरमार्फत काठमाडौं ल्याइँदैछ । काठमाडौं ल्याइएपछि प्रहरीको अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ भने म्याद थपको कानुनी प्रक्रिया पनि सुरु गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृया




