प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देशलाई चोट पुग्यो : प्रभु शाह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको व्यवहारलाई ूदोहोरो चरित्रू भन्दै देश र जनताले त्यसको मूल्य चुकाइरहेको बताएका हुन् ।

साहले प्रधानमन्त्री ओलीले पद र शक्तिको दुरुपयोग गरिरहेको भन्दै कडा आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्टाटसमा साहले पछिल्लो घटनाक्रमप्रति प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले हालै सिराहाको धनगढीमाई नगरपालिका-७ का वडाध्यक्ष विजय महतो जसपा नेपालबाट निर्वाचित भए पनि नेकपा एमालेमा प्रवेश गराएका थिए । ओलीले उनलाई टिका माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

तर, आजपा अध्यक्ष साहले सो घटनालाई लिएर प्रधानमन्त्री ओलीकै विगतको कदम सम्झाएका छन् । ‘२०८० सालको असोजमा प्रधानमन्त्री ओलीकै निर्देशनमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गरिएको थियो । अब प्रश्न उठ्छ- यदि विजय महतोको पार्टी प्रवेश वैध छ भने, रिनाकुमारी साहको पदमुक्त किन,’ साहले भनेका छन् ।

उनले थपे, ‘प्रधानमन्त्रीज्यू, अलिकति नैतिकता र लाजको ख्याल गर्नुहोस् ।  देश तपाईंको दोहोरो व्यवहारबाट थकित छ । पद र शक्तिको घमण्डमा गलत निर्णय नगर्नुहोस् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री