ग्लोबल आइएमई बैंकको नयाँ शाखा काभ्रेको बेथानचोकमा

काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बेथानचोकमा विस्तार गरेको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले दुर्गम स्थानमा बैंकहरुले आफ्नो सेवा विस्तार गरेर जनतालाई बैंकिङ्ग सुविधा दिन आग्रह गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री