काठमाडाैँ । यस वर्ष नेपालमा दशककै बढी धान उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १० प्रतिशतले वृद्धि भएको हो। यो खबर आजको राजधानी दैनिकमा छ।
गत वर्ष नेपालमा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन भएको अनुमान कृषि मन्त्रालयले गरेको छ।
मौसम अनुकूल हुनुका साथै धान रोपाइँ क्षेत्रफल वढेकाले पनि यस वर्ष धान उत्पादन दशककै वढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए।
यस वर्ष मल वितरण व्यवस्थापन राम्रो भएकाले धान उत्पादन वढी भएको प्रवक्ता सुवेदीले बताए।
तपाईंको प्रतिकृया




