कुलमानलाई महावीरको सुझाव- संखुवासभामा चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस्

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन् ।

पटक-पटक स्पष्टीकरण सोध्ने र कार्यसम्पादन मूल्यांकनमा समेत शून्य नम्बर दिएको भन्दै पुनले सचिव र सहचिवको टोलीलाई समेत व्यंग्य गरेका छन् । उनले सचिव र सहसचिवलाई माइनस ९९ नम्बर दिएका छन् ।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले -९९ अर्थात माइनस ९९ नम्बर दिन्छु । त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउँछन् र नेताहरूलाई पंगु बनाउँछन् । अनि आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइदिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री