काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरिएको छ । आज सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
शुक्रवार बिहान १० रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरिएको हो ।
शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् ।
तपाईंको प्रतिकृया




