काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले चार स्थान सुधार गरेको छ । फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो ।
नेपाली टिम यसअघि वरीयताको १०३ औँ स्थानमा थियो । वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औँ स्थानमा यथावत् छ ।
तपाईंको प्रतिकृया




