शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५  पैसा र बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ०३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मुलगुठीबीच सहकार्य

काठमाडौं । तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रीज लिमिटेडले चर्चित खेलाडी तथा फिटनेस …

प्रतिकृया दिनुहॊस