काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । आइतबार एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नजिकिएसंगै एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । भिनसेन्जो अल्बर्टो एनेसको बहिर्गमनपछि नेपाली फुटबल टिम मुख्य प्रशिक्षकविहीन थियो ।
तपाईंको प्रतिकृया




