काठमाडाैं । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार सेवन्तक पोखरेल कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा मनोनीत भएका छन् । मन्त्रीपरिषद्को फागुन ११ गते बसेको बैठकले उनलाई बैंक सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नयाँ जिम्मेवारी पाएका पोखरेलले फागुन १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक (११४९औं) मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कम्पनी सचिव हिमलाल पौडेलका अनुसार अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा मन्त्रीपरिषद्ले उनलाई नियुक्त गरेको हो ।
तपाईंको प्रतिकृया




