सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो १ बजेतिर कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन ।

तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई-तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो । त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’

आवा चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री