काठमाडौंको तापक्रम ४ डिग्रीमा झर्‍याे

काठमाडौं । देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बादल लाग्ने र पानी पर्ने खास प्रणाली नरहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

तर पश्चिमी वायुको प्रभावका कारण बेलुका तिर विशेषगरी पश्चिम र मध्य क्षेत्रको पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना भने रहेको मौसमविद पौडेलले बताए । तर पानी पर्ने सम्भावना भने छैन । तराईका क्षेत्रमा बिहानमा हुस्सी लागे पनि दिउँसो भने मौसम सफा रहने र घाम लाग्ने उनले जानकारी दिएका छन् । जाडोको कुरा गर्दा केही दिनदेखि बिस्तारै जाडो बढ्ने क्रममा छ ।

मंगलबार बिहान ६ बजेतिर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार डिग्रीकै आसपासमा छ । दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस