निर्मला प्रकरण : प्रहरीको अनुसन्धानमा यसरी सिर्जना हुँदैछ चरम अविश्वास

काठमाडौं । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै गएको छ। वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ।

पछिल्लो पटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा धेरैको अविश्वास छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्ट, नवराज मैनाली र कृष्ण कट्टेलले लेखेका छन्। पछिल्लो समय पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन।

आफैँ ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गइरहेको छ। विशाल चौधरीका बाबुले आफ्नो छोराले नसामा झ्याप भएर आफूले अपराध गरेको भनेर स्वीकार गरेको बताएका छन्। प्रहरी महानिरीक्षक सवेन्द्र खनालले भने निर्मलाका अपराधि पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस