काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली ुहँदै रसिया, क्युवा पार गराएर अमेरिका पु¥याउने भनेको थियो। तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
रोल्पाका २२ वर्षीय नरेन्द्र घर्ती मगर १ असोज २०७४ मा अमेरिका जान हिँडेका थिए। अमेरिका पुग्ने आशमा उनले ४८ लाख ५० हजार सिध्याए। भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आइल्यान्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो।
रोल्पाकै २३ वर्षीय भीमप्रसाद बाठामागर ०७४ पुसमा अमेरिकाका लागि हिँडेका थिए । उनी पनि दिल्ली हुँदै मस्को, क्युवा र पानामा पार गरेर हाइटीसम्म पुगे । तर, अमेरिका छिर्न सकेनन् । हाइटीको विभिन्न सहरमा अलपत्र परेपछि करिब ११ महिनापछि उनी रित्तो हात नेपाल फर्किका छन् । भीमप्रसादसँगै गएका थिए, रोल्पाकै बमबहादुर डाँगी र दाङका मोहम्मद जावेद । बमबहादुर र मोहम्मदले ४५–४५ लाख खर्च गरे । तर, अमेरिका टेक्न पाएनन् । पाँचै युवा फसाउने गिरोह एउटै, सुदर्शन गौतम भएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहॊस