इन्भेष्टमेन्ट बैंकले दिने भयो १८ प्रतिशत बोनस

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १८ प्र्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ अर्ब ९१ करोड ६२ लाख ७ हजार ८ सय २० रुपैयाँ बराबरको बोनस सेयर र दुई अर्ब ३४ करोड २० लाख ३१ हजार सात सय ८० रुपैयाँको नगद लाभांश दिने भएको हो । बैंकले नगद लाभांश वित्तरणका लागि राष्ट्र बैंकको स्विकृतिका लागि पठाउने भएको छ ।

 राष्ट्र बैंकको स्विकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश वित्तरण हुनेछ ।  बैंक तथा वित्तिय संस्थाले गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरिरहेका छन् । बैंकहरु बोनस सेयरमा भन्दा नगद लाभांशमा केन्द्रित भइरहेका छन् । १० अर्ब चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वित्तरण पछि १२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस