काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा धरौटी बुझाए लगत्तै काठमाडौं ल्याइने भएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीस नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको हो । धरौटी बुझाए लगत्तै उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा पनि लामिछाने विरुद्ध मुद्धा दायर भएपछि उनाई प्रहरीले काठमाडौं ल्याउने तयारी रहेको छ ।
लामिछाने लगायत ६३ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पौषमा थप र ७ पौषमा पुरक अभियोगपत्र अदालतमा दायर गराएको थियो ।
आज अदालतले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएर हिरासतमा रहेका सात जनालाई धरौटीमा छाड्न आदेश दिइसकेको छ ।
प्रतिकृया दिनुहॊस