भूकम्पपछि चीनले बन्द गर्‍यो सगरमाथा क्षेत्र

काठमाडौं । मंगलबार विहानको शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ । चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा बन्द गरिएको हो ।

मंगलबार बिहान चीनको सिजाङ स्वायत्त क्षेत्रको डिंग्री काउन्टीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो। चिनियाँ मापन केन्द्रले भने यसलाई ६ दशमलव ८ रेक्टर स्केल मापन गरेको छ । डिंग्री क्षेत्र सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पनि हो । जहाँ भूकम्प जाँदा पर्यटक र अधिकारीहरू भने सुरक्षित रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

डिंग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार उक्त क्षेत्रका होटेल र आसपासमा क्षेत्रमा रहेका भवनमा भने कुनै क्षति पुगेको छैन । डिंग्रीमै रहेका चिनियाँ विज्ञान प्रतिष्ठान, वायुमण्डलीय तथा वातावरणीय अनुसन्धानको सगरमाथा स्टेसन बन्द भएका छन् । यस्तै त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि बन्द भएको छ । तर, समग्रमा भने ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको समाचारमा पुष्टि भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न २ जना पक्राउ

काठमाडौँ । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले …

प्रतिकृया दिनुहॊस