१८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवा सिफारिस

काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज सार्वजनिक भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा छन् । बढुवा हुनेहरूमा रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनीता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोकबहादुर सुनार, जगदीश्वर उपाध्याय र नारद गौतम छन् ।

निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही पनि बढुवाका लागि सिफारिस भएका छन् ।

यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री