काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । बिहीबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज एकै दिन प्रतितोला दुई हजार रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ १० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
तपाईंको प्रतिकृया




